विराटनगरमा हक्की प्रतियोगिता हुने

Newslaya Home

विराटनगरमा हक्की प्रतियोगिता हुने

बिहीबार ०९, माघ २०७६

विराटनगर । मोरङको विराटनगरमा जिपी कोइराला पुरुष हक्की प्रतियोगिताको दोश्रो संस्करण हुने भएको छ ।

नेपाल हक्की संघको आयोजनामा माघको २० गतेबाट विराटनगरमा प्रतियोगिता सञ्चालन गरिने नेपाल हक्की संघले बिहीबार जानकारी दिएको हो ।

प्रतियोगितामा विभागीय टोली त्रिभूवन आर्मी क्लबसँगै ६ प्रदेशका टोलीको सहभागिता रहनेछ भने प्राविधिक कारण प्रदेश नम्बर ६ भने प्रतियोगितामा समावेश नहुने भएको संघका सचिव रञ्जन थापाले बताए ।

राष्ट्रिय बाणिज्य बैंकको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा उपाधि विजेता टोलीलाई कम्तीमा ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । गतवर्ष झापामा आयोजित पहिलो संस्करणमा उपाधि विजेताले ४० हजार रुपैयाँ प्राप्त गरेको उल्लेख गर्दै संघका सचिव थापाले यसपटक पुरस्कार राशीबारे अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिए ।