राष्ट्रियसभा निर्वाचनको मतगणना आजै गर्न आयोगको निर्देशन

Newslaya Home

राष्ट्रियसभा निर्वाचनको मतगणना आजै गर्न आयोगको निर्देशन

बिहीबार ०९, माघ २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि भइरहेको निर्वाचनको मतगणना आज (बिहीबार) बाटै सुरु हुने भएको छ ।

बिहीबार बिहान १० बजेदेखि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा भइरहेको मतदान सम्पन्न भएपश्चात मतगणना हुने बताइएको हो ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सहभागी भएको निर्वाचनको मतदान अपराह्न ४ बजे सकिएपछि मतगणना गरिने बताएका हुन् ।

आज नै मतगणनाको कार्य प्रारम्भ गर्न मतगणना सम्बन्धी निर्देशिकासहित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्ति: