भालेको आक्रमणबाट एक जनाको मृत्यु

Newslaya Home

भालेको आक्रमणबाट एक जनाको मृत्यु

बुधबार ०८, माघ २०७६

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशमा भालेको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ । उनी अवैध भालेजुधाइ हेर्न गएका थिए ।

भारतको सर्वोच्च अदालतले भालेजुधाइलाई अवैध घोषित गरेको छ ।

प्रहरीले जनाएअनुसार भालेजुधाइका लागि भालेको खुट्टामा ब्लेड कसिएको हुन्छ । भाले तर्सेर दर्शकको भीडमा उड्दा सोही ब्लेडले पेटमा लागेर सरिपाल्ली बेंकटेश्वर राव नामक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भालेजुधाइका आयोजकमाथि कारवाही अघि बढाएको छ ।