राजकुमार ह्यारी र मेगनले आफ्नो तस्बिर प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिए

Newslaya Home

राजकुमार ह्यारी र मेगनले आफ्नो तस्बिर प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिए

बुधबार ०८, माघ २०७६

बिबिसि । क्यानडाका सञ्चारमाध्यममा मेगनका तस्बिर प्रकाशित भएपछि ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्‍याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए ।

उनीहरूले अनुमति नलिई त्यसरी तस्बिर खिचेर फोटोग्राफरहरूले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ ।

ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन् ।