हिसान स्पोर्टस मिटमा बिश्वआदर्श र कस्तुरी कलेजलाई उपाधी

Newslaya Home

हिसान स्पोर्टस मिटमा बिश्वआदर्श र कस्तुरी कलेजलाई उपाधी

बुधबार ०८, माघ २०७६

इटहरी । हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत बुधबार हाजिरीजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा बिश्वआदर्श कलेज इटहरी प्रथम भएको छ । महेन्द्र मेमोरियल स्कूल दुहबी द्धितीय हुँदा सिबी कलेज इटहरी तेस्रो भएको छ ।

यस्तै मंगलबार नै सम्पन्न बक्तृत्वकला प्रतियोगितामा कस्तुरी माबिका सुरेन्द्र भण्डारी प्रथम, एम्स कलेजका प्रिजा राई द्धितीय र धरान आदर्शका रितिक दास तृतीय भएका छन् ।

बुधबार बास्केटबलका सेमिफाइनल खेलहरु पनि सम्पन्न भएका छन् । फाइनल खेल बिहिबार बिहान हुने बताइएको छ ।

क्रिकेट तर्फ पनि समुह चरणका सबै खेल सकिएका छन् । बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल माबिले डिपोट स्कूललाई २३ रनले पराजित गरेको छ ।

यस्तै दोस्रो खेलमा कस्तुरी कलेजले कोशी सेन्टजेम्सलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल खेलहरु भोलि सम्पन्न हुने बताइएको छ । यस्तै फूटबलमा बिजयी हुँदै महेन्द्र मेमोरियल, डिपोट माबि, कोशी सेन्टजेम्स र एम्स कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।