कोरिया सीप परीक्षा : नतिजा सच्याएसंगै थप १ सय ३५ जना उत्तीर्ण

Newslaya Home

कोरिया सीप परीक्षा : नतिजा सच्याएसंगै थप १ सय ३५ जना उत्तीर्ण

बुधबार ०८, माघ २०७६

काठमाडौं । कोरियाली मानव संसाधन विकास सेवा विभाग (एचडिआर) ले कोरियाली सीप परीक्षणको नतिजा सच्याएको छ ।

प्राविधिक समस्याका कारण सीप परीक्षामा उत्तीर्ण हुनेको संख्या गडबड भएको भन्दै पुनः सच्याएको हो ।

‘पहिले सार्वजनिक भएको सीप परीक्षाको नतिजामा ६ हजार ७ सय ७३ जना उत्तीर्ण भएका थिए । अब त्यसमा १ सय ३५ जनाको संख्या थपिएको रोजगार अनुमति प्रणाली (ईपिएस) शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

सन् २०२० को भाषा परीक्षाका लागि ९२ हजार ३ सय जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जना सहभागी भएका थिए । भाषा परीक्षा दिएका ८४ हजारमध्ये १२ हजार ९ जना उत्तीर्ण भएका थिए । कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएकाहरु सीप परीक्षणमा सहभागी भएका थिए । सीप परीक्षामा सहभागीमध्ये ६ हजार ७ सय ७३ जना उत्तीर्ण भएको भन्दै कोरियाली मानव संसाधन विभागले सूचना सार्वजनिक गरेको थियो ।

पहिलो चरणमा सार्वजनिक गरेको सूचनामा गडबड भएको भन्दै उक्त विभागले १ सय ३५ संख्या थप गरी ६ हजार ९ सय ८ उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो। सीप परीक्षणमा उत्तीर्ण भएका जति सबै कोरिया रोजगारीका लागि जान पाउने ग्यारेन्टी भने हुँदैन। रोजगारदाताको माग अनुसार छनोट परेका श्रमिकमात्रै रोजगारीका लागि कोरिया जान पाउँछन्।