ट्राफिक कारवाहीको पासोमा ‘माग्ने बुढा’, दिए धन्यवाद !

Newslaya Home

ट्राफिक कारवाहीको पासोमा ‘माग्ने बुढा’, दिए धन्यवाद !

बुधबार ०८, माघ २०७६

काठमाडौँ । ललितपुरको ग्वोर्कोमा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

बुधबार बिहान ललितपुर स्थित सिट बेल्ट नलगाइ कार चलाएपछी उनलाई ट्राफिक प्रहरीले चिट काटेर कारबाही गरेहो हो । घिमिरेलाई यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

कारवाही गर्ने ट्राफिक प्रहरी जवानले मिठो बोली, वचन गरेको बताउँदै घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेर महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिए । ‘हामीले प्रहरीको अभिनय गर्दा निकै कडा देखाउछौं। उहाँ निकै नम्र लाग्यो, त्यसैले धन्यवाद दिन मन लाग्यो,’ घिमिरेले भने।

‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है ! भनेर मिठोसँग भन्नुभयो,’ ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’

कलाकार घिमिरेले उक्त प्रहरी जवानसँग फेरी भेटगर्ने इच्छा गरेपछी भेटका लागि ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई सँग भेट गराइएको बताइएको छ ।