सुनिल थापासहितका नेता कांग्रेस प्रवेशको तयारीमा

Newslaya Home

सुनिल थापासहितका नेता कांग्रेस प्रवेशको तयारीमा

बुधबार ०८, माघ २०७६

काठमाडौं । राप्रपा (संयुक्त)का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापा सहितका एक दर्जन प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गर्ने तयारीमा जुटेका छन् ।

पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका थापाको आवाजको कुनै सुनुवाई नहुने भएपछि कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् ।

गणतन्त्रवादी नेताको रुपमा चिनिएका सुनिल थापा सुर्य बहादुर थापाका छोरा हुन् । पार्टी प्रवेशको सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल थालेको स्रोतले जनाएको छ । आफूलाई महामन्त्री दिन आग्रह गरेका थापालाई महामन्त्री बनाउन देउवा तयार रहेपनि बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुनैपनि हालतमा महामन्त्री दिन नहुने अडान राखेको छ ।

राप्रपा (संयुक्त) पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएपछि थापा रुष्ट बनेका थिए ।