अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

Newslaya Home

अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

बुधबार ०८, माघ २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका सापकोटाले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएपछि नागरिक खबरदारी भन्दै विरोध गरिएको हो ।

द्वन्द्वपीडितलाई अपमानित नगर्न माग सहित द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन भन्दै प्रदर्शन गरेका हुन् । २०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या आरोपी सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि काभ्रे बुढाखानीमा गाडिएको अवस्थामा फेलापरेको थियो । उक्त मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ ।

तस्बिर सौजन्य : छिरिङ गुरुङको ट्वीटरबाट।