आस्था राउत पछि ज्योती मगर विवादमा, भयो यस्तो लफडा !

Newslaya Home

आस्था राउत पछि ज्योती मगर विवादमा, भयो यस्तो लफडा !

बुधबार ०८, माघ २०७६

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित किङ्स प्लालेस लाउन्ज बारमा लोक गायिका ज्योति मगरले मदिरा पिएर कामदारसँग अभद्र व्यवहार गरेकी छन् ।

जयनेपाल रोडमा रहेको रेस्टुरेन्टमा एकजना केटा र एक केटी साथीसहित गएकी ज्योतिले ७ हजारको मदिरा र सितन खाएर पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै लफडा गरेकी हुन् ।

गायिका आस्था राउतले प्रहरीलाई अभद्र व्यवहार गर्नु ठीक एक साताअघि भएको उक्त घटनामा ज्योतिलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी बताइएको छ । रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग स्थित प्रहरीलाई खबर गरिएको थियो ।

उक्त विषयमा ज्योतिले आफूहरू पीडित भएको बताइन् । आफ्ना साथीहरुमाथि कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेपछि न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुग्दा त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको तर मुद्दा हाल्दा उल्टै इज्जतमा दाग लाग्छ भनेर चुप बसेको उनको दाबी रहेको छ ।

ज्योतिले भनेकी छिन्–‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं । हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो ?’