गोकर्ण रिसोर्ट अगाडि नेविसंघको विरोध प्रदर्शन

Newslaya Home

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको विरोध प्रदर्शन

बुधबार ०८, माघ २०७६

काठमाडौं । काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि विरोध प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले बुधबार विरोध प्रदर्शन गरेका हुन् ।

यतीलाई कौडीको भाउमा २५ वर्षका लागि लिजमा दिने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिनुपरेको नेविसंघका एकजना नेता मनिष सिम्खडाले बताए । प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका नेता गोपी शिवाकोटी, निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी साथै संविधान सभा सदस्य दीपक कुइँकेलले समेत बोलेका थिए ।

नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।