प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङले हात पार्यो

Newslaya Home

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङले हात पार्यो

बुधबार ०८, माघ २०७६

धनकुटा । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङ फुटबल संघको टिमले हात पारेको छ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न फाइनल खेलमा मोरङले धनकुटा फुटबल संघको टोलीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै मोरङले एक लाख रुपैयाँसहित ट्रफी हात पार्न सफल भयो भने उपविजेता धनकुटाले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

विजेता तथा उपविजेता खेलाडीहरूलाई पूर्वमन्त्री सुनीलबहादुर थापा, प्रदेश १ का सांसद लीला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए। सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।