‘दीपक मनाङ्गेविरुद्ध उजुरी दिन्छु’ : एन्फा अध्यक्ष

Newslaya Home

‘दीपक मनाङ्गेविरुद्ध उजुरी दिन्छु’ : एन्फा अध्यक्ष

बुधबार ०८, माघ २०७६

पोखरा । प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दर्ता गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका हुन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए । सार्वजनिक स्थलमा आक्रमण गरिँदा ज्यानको सुरक्षा नएको भन्दै अध्यक्ष मिलन भने– ‘सार्वजनिक स्थानमा ममाथि किकबक्सिङ हानियो । मेरो ज्यानको सुरक्षा भएन ।’

घटना भएको भोलिपल्टै आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका नाममा भ्रष्टाचार भएको भनेर लगाएको आरोप प्रमाणित गर्न प्रदेशसभा सदस्य मनाङ्गेलाई चुनौती दिँदै प्रतियोगिताका संयोजक एवं प्रशिक्षक कृष्ण थापाले भने, ‘हामीले भ्रष्टाचार गरेको भए जेल जान तयार छौं । होइन भने हामी चरित्र हत्या गरेकोमा कानूनी उपचार खोज्छौं ।’