घट्यो सुनको मुल्य

Newslaya Home

घट्यो सुनको मुल्य

बुधबार ०८, माघ २०७६

काठमाण्डौ । सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको सुन बुधबार (आज) ७४ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ फेरी ओरालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको छ।