कोरोना भाइरस अमेरिकासम्म पुग्यो, ९ जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरस अमेरिकासम्म पुग्यो, ९ जनाको मृत्यु

बुधबार ०८, माघ २०७६

काठमाडौं । चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने खतरा बढेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

चिनियाँ सरकारले कोरोना भाइरसबाट मर्नेको संख्या ९ पुगेको जनाएको छ । ४४० जनामा कोरोना भाइरस भएको पुष्टि समेत भएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरस मानवदेखि मानवसम्म सरेको पाइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले चीन रोकथाम र नियन्त्रणको सबैभन्दा कठिन चरणमा रहेको बताएका छन् ।

अमेरिकामा पनि कोरोना भाइरस पुगेको छ । गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो ।