ट्रम्पले जब वातावरणवादीहरूलाई भने ‘विनाशको त्रास फैलाउने समूह

Newslaya Home

ट्रम्पले जब वातावरणवादीहरूलाई भने ‘विनाशको त्रास फैलाउने समूह

बुधबार ०८, माघ २०७६

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण पृथ्वी नष्ट हुन लागेको चेतावनी दिने वातावरणवादीहरूको चर्को आलोचना गर्दै उनीहरूलाई ‘विनाशको त्रास फैलाउने समूह’ भनेका छन् ।

स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले विनाशका भविष्यवाणी अस्वीकार गर्दै अमेरिकाले आफ्नो अर्थतन्त्रको रक्षा गर्ने बताए ।

ट्रम्पले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै वातावरणवादीहरूलाई प्रोफेट्स अफ डुमु अर्थात् पूर्ण विनाशको त्रास फैलाउने समूहको सङ्ज्ञा दिए ।

उनले वर्तमान समयलाई आशापूर्ण समय भनेका छन् । वातावरणसम्बन्धी चेतावनी दिनेहरूतर्फ इङ्गित गर्दै ट्रम्पले विगतमा गरिएका त्यस्ता भविष्यवाणी विफल भएको दाबी गरे ।