चीनमा देखिएको नयाँ भाइरसबारे ढाकछोप नगर्न चेतावनी

Newslaya Home

चीनमा देखिएको नयाँ भाइरसबारे ढाकछोप नगर्न चेतावनी

मङ्गलबार ०७, माघ २०७६

बिबिसि । चीनमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरसको सङ्क्रमणबारे कुनै पनि ढाकछोप नगर्न वरिष्ठ नेताहरूले कर्मचारीहरूलाई चेतावनी दिएका छन् ।

हालसम्म त्यहाँ तीन सय जनामा उक्त नयाँ भाइरसको सङ्क्रमण पाइएको छ भने छ जनाको ज्यान गइसकेको छ ।

चीनमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मा पाएको राजनीतिक संयन्त्रले भनेको छ, जसले सङ्क्रमणका घटनालाई ढाकछोप गर्नेछ ऊ ‘अनन्तकालसम्म लज्जाको खम्बामा बाँधिनेछ ।’

वुहान क्षेत्रबाट फैलन शुरू भएको यो भाइरसले एक प्रकारको न्युमोनिया गराउँछ । यो भाइरसको सङ्क्रमण मानिसबाट मानिसमा पनि हुन सक्ने पुष्टि भएको छ ।