सांसद मनाङ्गेद्वारा एन्फा अध्यक्षमाथि कुटपिट

Newslaya Home

सांसद मनाङ्गेद्वारा एन्फा अध्यक्षमाथि कुटपिट

मङ्गलबार ०७, माघ २०७६

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मनाङ्गेले मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै गुरुङमाथि कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।

एन्फाका कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलिबाट छ । तर सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने ।

मुख्यमन्त्री कप सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।