इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेल सजाय

Newslaya Home

इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेल सजाय

मङ्गलबार ०७, माघ २०७६

बिबिसि । घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ ।

मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो ।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकारेका छन् ।

तिआन्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् ।