दामनको रिसोर्टमा बेहोस भेटिएका आठ भारतीयको मृत्यु

Newslaya Home

दामनको रिसोर्टमा बेहोस भेटिएका आठ भारतीयको मृत्यु

मङ्गलबार ०७, माघ २०७६

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दियो ।

मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरूष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए । त्यसकारण उनीहरु एक्कासी अचेत हुन पुगेको प्रहरीको आशंका छ ।