सभामुखमा अग्नि सापकोटाको एकल उमेदवारी

Newslaya Home

सभामुखमा अग्नि सापकोटाको एकल उमेदवारी

मङ्गलबार ०७, माघ २०७६

काठमाडौं । प्रतिनिधिसभा सभामुख पदका लागि नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ ।

मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म भएको उमेदवारी दर्ताको समयमा सापकोटाको मात्रै उमेदवारी दर्ता भएको हो । सभामुख पदका लागि सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए ।

सुवासचन्द्र नेम्वाङ्गको प्रस्ताव तथा ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा उमेदवारी दर्ता गराएका सापकोटाले लोकतान्त्रिक व्यवस्थालाई उच्च बनाउन भूमिका खेल्ने बताए ।