बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

मङ्गलबार ०७, माघ २०७६

काठमाण्डौ । मंगलबार (आज) सुनको मूल्य पुन बढेको छ। आइतबार र सोमबार प्रतितोला ७५ हजारमा स्थिर रहेको सुनको मूल्य मंगलबार तीन सयले बढेको हो।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज प्रतितोला सुनको मूल्य ७५ हजार ३ सय कायम भएको छ। यस्तै तेजावी सुन प्रतितोला ७५ हजारमा कारोबार भएको छ।


चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार ८ सय ९० मा कारोबार भएको चाँदी सोमबार ८ सय ९५ पुगेको हो।