जनता बहुमुखी क्याम्पसमा साबुन वितरण सम्पन्न

Newslaya Home

जनता बहुमुखी क्याम्पसमा साबुन वितरण सम्पन्न

-अर्जुन राई अपहेलित
मङ्गलबार ०७, माघ २०७६

इटहरी । सुनसरीको इटहरी-५ स्थित रहेको जनता बहुमुखी क्याम्पसमा साबुन वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार समाजवादी विद्यार्थी युनियन ज• व• क्या• समितिको आयोजनामा विद्यालयलाई साबुन वितरण गरिएको हो । विद्यालय क्षेत्रभित्रको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै रचनात्मक ढंगबाट उक्त कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष चन्द्र किरातीले बताए ।

सम्पूर्ण कक्षा कमिटीका प्रतिनिधिहरुको उपस्तिथिमा १२० थान साबुन क्याम्पस प्रमुख भोजराज श्रेष्ठसमक्ष हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको हरेक गतिविधिमा विद्यार्थी संगठनले संगठनको सहयोग प्रति आभार प्रकट गर्दै विद्यालयमा शिक्षा मात्रै नभएर स्वास्थ्य लगाएतका विषयवस्तुहरुमा क्याम्पस प्रशासनको ध्यानाकर्षण भएकाले समयमा नै उचित व्यवस्थापन गरिने प्रतिबद्वता व्यक्त गरे ।

क्याम्पसको प्रत्येक शौचालयमा साबुन उपलब्ध नहुँदा विद्यार्थीहरुमा समस्या सिर्जना भएकाले सो कार्यक्रमको आयोजना गरिएको हो । कतिपय शौचालयमा भने पानीको समेत व्यवस्था नभएकोले क्याम्पस प्रशासन तथा व्यवस्थापन समितिले समयमै उपलब्ध गराउनु पर्ने माग गरिएको समाजवादी विद्यार्थी युनियनका सचिव प्रविन दाहालले जानकारी दिए ।

क्याम्पसमा पहिलो पटक रचनात्मक ढंगबाट आयोजना गरिएको सो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको आयोजक समितिले जनाएको छ ।

Pra win dahal को फोटो।

Pra win dahal को फोटो।

 

1 प्रतिकृयाहरू प्राप्त
  • Pawan basnetलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०७, माघ २०७६
Good job