संखुवासभाको शिलिचोङ साक्षर गाउँपालिका घोषणा

Newslaya Home

संखुवासभाको शिलिचोङ साक्षर गाउँपालिका घोषणा

मङ्गलबार ०७, माघ २०७६

संखुवासभा । संखुवासभाको शिलिचोङ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले साक्षर नेपाल वर्ष २०७६ घोषणाअन्तर्गत शिलिचोङ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

शिलिचोङ गाउँपालिकाका ९५ प्रतिशत जनता साक्षर भएका छन् । बाँकी ५ प्रतिशतलाई बढाएर १ सय प्रतिशत पुर्याउन गाउँपालिका लागिपर्ने जनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले शिक्षा नै समग्र विकासको आधार भएको भन्दै जिल्लालाई साक्षर घोषणा गरेरमात्र नहुने भएकाले यसलाई दिगो रूपमा साक्षर बनाई राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

शिक्षा क्षेत्रमा लगानी बढाई शिक्षाको गुणस्तर र शिक्षामा सबैको सहज पहुँच बढाउन स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।