अनेरास्ववियुका विद्यार्थीले बनाए जनता क्याम्पस छिर्ने बाटोमा जेब्राक्रस

Newslaya Home

अनेरास्ववियुका विद्यार्थीले बनाए जनता क्याम्पस छिर्ने बाटोमा जेब्राक्रस

-रोजिना खतिवडा
मङ्गलबार ०७, माघ २०७६

इटहरी । अनेरास्ववियूले क्याम्पस छिर्ने बाटोमा जेब्राक्रसिङ बनाएको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बाटो काट्न सहज होस् भनेर अनेरास्ववियूले जेब्राक्रसिङ बनाएको हो ।

मंगलबार प्रदेश १ ट्राफिक कार्यालय इटहरीको सहकार्यमा जेब्राक्रस निर्माण सम्पन्न गरिएको हो । बिगतका वर्षहरुमा पनि अनेरास्ववियूले जेब्राक्रसिङ बनाउँदै आएको थियो ।

विद्यार्थीको हकहितका लागि आफूहरुले निरन्तर यस्ता कार्य गर्ने र आवस्यक परेको खण्डमा विद्यार्थीको सुविधाका लागि जुनसुकै कार्य गर्न आफू अग्रसर रहेको जनता क्याम्पस अनेरास्ववियूका अध्यक्ष किरण बिस्टले बताए ।

Image may contain: 3 people, including जीबन खनाल, people smiling, people standing, sky, tree and outdoor

Image may contain: 4 people, including जीबन खनाल, people smiling, people standing, child and outdoor