फ्लप भयो दीपिकाको ‘छपाक’

Newslaya Home

फ्लप भयो दीपिकाको ‘छपाक’

मङ्गलबार ०७, माघ २०७६

मूम्बई । दीपिका पादुकोण स्टारर चलचित्र ‘छपाक’ १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला चलचित्र प्रदर्शन नहुँदासमेत चलचित्रले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ ।

यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । चलचित्रले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १.७५ करोड भारुसहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ ।

यो चलचित्र दीपिका पादुकोणको करियरको सबैभन्दा फ्लप फिल्ममध्येको एक भयो । सन् २०१५ मा रिलिज भएको तमाशापछि छपाक उनको करियरको दोस्रो फ्लप फिल्म रह्यो । सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । उनी यो चलचित्रको सह–निर्माता थिइन् । उनले चलचित्रमा १२ करोड लगानी गरेकी थिइन् ।

दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा चलचित्रमा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा चलचित्र फ्लप भए ।