‘दि कर्मा’लाई पीजी सर्टिफिकेट

Newslaya Home

‘दि कर्मा’लाई पीजी सर्टिफिकेट

सोमबार ०६, माघ २०७६

काठमाडौं । चलचित्र ‘दि कर्मा’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको हो ।

आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् ।

बोर्डले चलचित्रको एक एक्सन दृश्यमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको यस चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो भने कथा निर्माता रायको हो ।

करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र माघ १७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।