यस्ता छन् जाडोमा च्याउ खानुका फाइदा

Newslaya Home

यस्ता छन् जाडोमा च्याउ खानुका फाइदा

सोमबार ०६, माघ २०७६

च्याउले खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । च्याउले खानपानबाट लाग्ने विभिन्न रोगहरु लाग्न नदिन र शरीरको निराकरणमा मद्दत गर्छ ।

च्याउ सेलेनियमको राम्रो स्रोत हो जसले स्नायु प्रणालीलाई बलियो बनाइ शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ ।

चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गरि बाथका रोगीका लागि फाइदाजनक हुन्छ । च्याउ एक यस्तो अचम्मको वनस्पति हो, जसमा ‘भिटामिन डी’ पनि पाइन्छ, जसकारण शरीरका विभिन्न हड्डीमा भएको समस्यामा फाइदा पुर्‍याउँछ । ‘भिटामिन डी’ले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ ।