पूर्वमेयरको निधनमा धरानमा भोलि शोक बिदा

Newslaya Home

पूर्वमेयरको निधनमा धरानमा भोलि शोक बिदा

सोमबार ०६, माघ २०७६

धरान । पूर्वमेयरको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार (भोलि) शोक बिदा दिने निर्णय गरेको छ ।

पूर्वमेयर ध्यानबहादुर राईको सोमबार (आज) निधन भएको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिइएको जानकारी गराए ।

राई २०४६ सालपछि भएको निर्वाचनमा धरानमा निर्वाचित मेयर थिए ।

धरानका पुर्वमेयर राईको निधन