एन.जी.ओ/आइ.एन.जी.ओ.लाई घर भाडामा नदिन विप्लवको चेतावनी

Newslaya Home

एन.जी.ओ/आइ.एन.जी.ओ.लाई घर भाडामा नदिन विप्लवको चेतावनी

सोमबार ०६, माघ २०७६

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जिल्ला समिति धनकुटाले एन.जी.ओ/आइ.एन.जी.ओ.लाई घर भाडामा नदिन चेतावनी दिएको छ ।

धनकुटामा बित्तिय तथा लघुबित्त सस्थाहरुलाई घर भाडा दिएको पाइएपछि नेकपा जिल्ला समितिले प्रेस बिज्ञप्ती जारी गर्दै तत्काल घरबाट हटाउन उर्दी जारी गरेको हो ।

जारी विज्ञप्तीमा पुँजिवादीले जनताको सम्पत्तीमा गिद्धे नजर लगाई समाजलाई मुठ्ठिमा अटाएर जनतालाई रख्यौल बनाउन खोजेको उल्लेख गर्दै त्यस्ता सस्थालाई बहिस्कार र प्रतिबन्ध लगाउन अपिल गरिएको छ ।

जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तीमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउन बित्तिय सस्थालाई बाहिस्कार गर्न आग्रह गर्दै लेखिएको छ –‘दलाल पुँजीवादी सस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुँनाले उक्त सस्थाको कार्यालय हटाईदिनुहुन अनुरोध छ । जनताको ईच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पुरा गरिरहेकाले यस्ता सस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ ।’

जारी विज्ञप्तीः