सभामुख पदको निर्वाचन माघ १२ मा हुने

Newslaya Home

सभामुख पदको निर्वाचन माघ १२ मा हुने

सोमबार ०६, माघ २०७६

काठमाडौं । रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गरिने तयारी भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा घोषणा गरेसँगै माघ १२ गते आइतबार सभामुख निर्वाचन गर्ने तयारीका लागि छलफल थालिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

सोमबार अपरान्ह ४ बजे जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले अध्यक्षतामा संसद बैठक सञ्चालन गरि सभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरिने भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने भएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको जनाइएको छ ।
सभामुख निर्वाचन पश्चात शिवमाया तुम्बाहाङ्फेको राजिनामा पछि रिक्त भएको उपसभामुख पदको निर्वाचन प्रक्रिया पनि सुरू हुने भएको छ ।