नमुना कलेजका विद्यार्थीले बनाए बहु उपयोगी रोवर्ट

Newslaya Home

नमुना कलेजका विद्यार्थीले बनाए बहु उपयोगी रोवर्ट

सोमबार ०६, माघ २०७६

इटहरी । सुनसरीको इटहरी स्थित रहेको नमुना कलेजमा अध्ययनरत विद्यार्थीले बहु उपयोगी रोबोट बनाएका छन् ।

विद्यार्थीहरुले वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने विशेष किसिमको प्रविधि जडित रोवर्ट बनाएका हुन् ।

कलेज , विद्यालय अफिस तथा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न सक्ने रोवर्टको निर्माण गरिएको आवीस्करकर्ता विद्यार्थी प्रदिप शर्माले बताए ।

विभिन्न स्थानमा हुने मेला महोत्सवमा प्रदर्शन गरिने विभिन्न खालका नयाँ–नयाँ प्रबिधियुक्त सामाग्रीहरु निर्माण गर्न थालिएपछि शिक्षक तथा विद्यार्थीहरुमा थप उर्जा मिलेको छ । आफ्नै कलेजको सहयोगमा बनाइएका विभिन्न सामाग्रीहरु हालै इटहरीमा सम्पन्न क्यान इन्फोटेक मेलामा समेत प्रदर्शन गरिएको थियो ।

नयाँ नयाँ सूचना प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले कम्प्युटर एशोशिएसन नेपाल सुनसरीले पनि हरेक वर्ष क्यान इन्फोटक सञ्चाल गर्दै आएको छ ।