२०७६ माघ ०६ गते सोमबारको राशिफल

Newslaya Home

२०७६ माघ ०६ गते सोमबारको राशिफल

सोमबार ०६, माघ २०७६

मेष । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामानपनि हराउन सक्छ ।

वृष । कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन । शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

सिंह । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।

कन्या । आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

तुला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

वृश्चिक । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

धनु । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

मकर । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

मीन । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।