नेकपा सुनसरीले बाँड्यो नयाँ जिम्मेवारी

Newslaya Home

नेकपा सुनसरीले बाँड्यो नयाँ जिम्मेवारी

आइतबार ०५, माघ २०७६

इटहरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीले नयाँ कार्यविभाजन गरेको छ । सचिवालय गठनसँगै १२ वटै स्थानीय तहको इञ्चार्ज र सहइञ्चार्ज तथा २९ वटा विभागको जिम्मेवारी बाँडफाँड गरेको छ ।

कुल ६५ सदस्यीय सचिवालयमध्ये ४५ सदस्यीय सचिवालय तोकेको छ । ११ सदस्य पछि थप गरिनेछ ।

नेकपाले इटहरी उपमहानगरको इञ्चार्जमा राजकुमार गिरी र सहइञ्चार्जमा भिम सुवेदीलाई चयन गरेको छ । यस्तै धरान उपमहानगरको इञ्चार्जमा फोक्वाहाङ सुब्बा (चोत्लुङ) र सहइञ्चार्जमा पदम इस्बो चुनिएका छन् ।

यस्तै, इनरुवा नगरपालिकाको इञ्चार्जमा गोपी ढकाल र सहइञ्चार्जमा ओमकार दाहाल (ओके) ले जिम्मेवारी पाएका छन् । रामधुनी नगरपालिकाको इञ्चार्जमा श्यामनारायण राजधामी र सहइञ्चार्जको जिम्मा दिनेश चौधरीलाई दिइएको छ । दुहबी नगरपालिकाको इञ्चार्जमा राजेन्द्र चौधरी र सहइञ्चार्जमा रोशन शर्मा छन् भने बराहक्षेत्र नगरपालिकाको इञ्चार्जमा केशव तिम्सिना र सहइञ्चार्जमा पुष्प ढुंगानाले जिम्मा पाएका छन् ।

कोशी गाउँपालिकाको इञ्चार्जमा मञ्टु यादव र सहइञ्चार्जमा रामचन्द्र मटियत, देवानगञ्ज गाउँपालिकाको इञ्चार्जमा जमुना मेहता र सहइञ्चार्जमा श्यामदेव साह, गढी गाउँपालिकाको इञ्चार्जमा आशनारायण चौधरी, हरिनगर गाउँपालिकाको इञ्चार्जमा दिलु मियाँ र सहइञ्चार्जमा अनुष्ठ दाहाल, बर्जु गाउँपालिकाको इञ्चार्ज देवी रिजाल र सहइञ्चार्जमा जगत भट्टराई चुनिएका छन् ।

यस्तै, बैठकले युवा तथा खेलकुद विभाग सुनसरीको संयोजकको जिम्मेवारी मदन चुडाल, अर्थ योजना विभाग प्रमुखमा जयकुमार राई, संगठन विभाग प्रमुखमा नन्द बस्नेत, स्कुल विभाग प्रमुखमा चोत्लुङ, प्रचार विभाग प्रमुखमा राजन केडी, महिला बिभाग प्रमुख सपना परियार (सन्ध्या), पर्यटन विभाग प्रमुखमा मुरारी सुवेदीलाई तोकेको छ । विद्यार्थी इन्चार्जको जिम्मेवारी लोकेस निरौला, जिल्ला कार्यालय सचिब र सहसचिबमा क्रमशः गोबिन्द निरौला र कमल आचार्य (पर्वत)

बैठकमा नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भिम आचार्य, प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्लामा रहेका केन्द्रीय सदस्य, जिल्लाका प्रदेश कमिटि सदस्यहरुको उपस्थिति रहेको थियो ।