बोल्दा होस् पुर्याउन इरानविरुद्ध ट्रम्पको चेतावनी

Newslaya Home

बोल्दा होस् पुर्याउन इरानविरुद्ध ट्रम्पको चेतावनी

शनिबार ०४, माघ २०७६

एजेन्सी । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनिईविरुद्ध ट्रम्पले चेतमवनी दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खमेनिईलाई आफ्नो भाषामा सतर्क रहन चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्वीट गर्दै लेखेका छन् ,‘इरानका तथाकथित ‘सर्वोच्च नेता’ जो हिजोआज सर्वोच्च रहेनन् , उनले अमेरिका र युरोपको बारेमा केही तल्लोस्तरको कुरा भनेका छन् । उनको देशको अर्थव्यवस्था बिग्रिरहेको छ, उनका जनता दुःख पाइरहेका छन् यसमा उनले आफ्नो बोलीबचनमा होस पु¥याउनुपर्छ ।’

खमेनिईले युक्रेनमा यात्रु विमान ‘गलती’ले खसाएको र दुर्घटनाबाट हामी दुःखी भइरहदाँ हाम्रा शत्रु निक्कै खुसी छन् । तिनको खुसी रिभोलुसनरी गार्ड र हाम्रो सेनामाथि प्रश्न उठाउन ठाँउ पाएकोमा हो भन्दै शुक्रबार भाषण गरेका थिए ।

शत्रु भनेर खमेनीईले अमेरिका र उसको मित्र देशतर्फ संकेत गरेपछि बोल्दा होस् पुर्याउनु पर्ने भन्दै इरानविरुद्ध ट्रम्पले चेतावनी दिएका हुन् । अमेरिकाले केही अघि इरानको कुद्स फौजका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकमा बग्दाद विमानस्थलबाहिर एक ड्रोन आक्रमण गरि हत्या गरेपछि दुई देशबीच तनाव बढेको छ ।