प्रचण्डको सिंगापुर भ्रमणमा स्मार्ट टेलिकमको खर्च

Newslaya Home

प्रचण्डको सिंगापुर भ्रमणमा स्मार्ट टेलिकमको खर्च

शनिबार ०४, माघ २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गरेको पाइएको छ ।

अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएको तथ्य काठमाडौंस्थित अमेरिकी राजदूतावास सार्वजनिक गरेको एक डिप्लोमेटिक केबलमा उल्लेख छ ।

उक्त डिप्लोमेटिक केबलमा हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ । मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।