मेची अस्पतालमा पित्त थैलीको शल्यक्रिया सूरु

Newslaya Home

मेची अस्पतालमा पित्त थैलीको शल्यक्रिया सूरु

शनिबार ०४, माघ २०७६

झापा । झापाको सरकारी अस्पताल मेची अस्पतालमा पित्त थैलीको शल्यक्रिया सेवा सञ्चालन गरिएको छ ।

यसअघि चिरफार पद्धतिअनुसार शल्यक्रिया गराउँदै आएको मेची अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया शुक्रबारबाट सुरु गरिएको हो ।

दुरबिनको प्रयोग गरी चिरफार गरिने झन्झटका कारण बिरामी निजी अस्पतालतर्फ आकर्षित हुँदै गएकाले मेसिनको प्रयोगबाट सर्वसाधारणलाई अस्पतालबाटै सेवा दिन थालिएकोे अस्पतालका मेसू डाक्टर पिताम्बर ठाकुरले बताए ।

सर्जन डाक्टर रामबाबु खड्का नेतृत्वको टोलीले उक्त विधिमार्फत्बिरामीकोशल्यक्रिया गर्ने भएको छ । शल्यक्रिया गरिएको बिरामीका लागि १८ हजारमा बिमा सुविधा अन्तर्गतको प्याकेजमा सेवा दिएको मेची अञ्चल अस्पतालले जनाएको छ ।