अवैध लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

Newslaya Home

अवैध लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

शनिबार ०४, माघ २०७६

झापा । झापाको कन्काई नगरपालिका–३ सुरुङगाबाट अवैध लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार सुरुङगाकै एक होटलमा बसिरहेको अवस्थामा मोरङको उर्लावारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजन प्रसाद उप्रेतीलाई ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।