धनकुटामा गुडिरहेको बसमा आगलागी हुँदा पाँच विद्यार्थी घाइते

Newslaya Home

धनकुटामा गुडिरहेको बसमा आगलागी हुँदा पाँच विद्यार्थी घाइते

शनिबार ०४, माघ २०७६

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित गुडिरहेको बसमा आगलागी हुँदा ५ जना विद्यार्थी घाइते भएका छन् ।

शुक्रबार साँझ धनकुटाबाट तालिम सकेर विराटनगर तर्फ आउँदै गरेको रिजर्व बसमा अचानक आगलागी भएको हो ।

विराटनगरको ईडेन बर्ग कलेजका विद्यार्थी बोकेर फर्किँदै गरेको ना ५ ख ८००३ को बसमा आगालागी भएपछि भाग्ने क्रममा ५ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी सुर्दशन कोईरालाले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ ।
आगलागीबाट पूर्ण रुपमा क्षति भएको उक्त बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ ।