इटहरीमा कोशेली घर सञ्चालन

Newslaya Home

इटहरीमा कोशेली घर सञ्चालन

शुक्रबार ०३, माघ २०७६

इटहरी । सुनसरीको इटहरीमा कोशेली घर सञ्चालनमा ल्याइएको छ ।

महिला उद्यमशिलतामा प्रोत्साहन साथै स्थानीय उत्पादनको विक्री वितरण गर्ने मुख्य लक्ष्य सहित सञ्चालनमा ल्याइएको उक्त कोशेली घरको उद्घाटन प्रदेस नम्बर १का प्रदेससभा सदस्य सर्वध्वज साँवाले गरेका हुन् ।

महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध सदस्यहरुद्धारा सञ्चालित उक्त घरमा हस्तकलाका साथै विभिन्न खाद्यन्नका परिकारहरु समेत विक्री वितरण गरिने भएको छ ।

कोशेली घर सञ्चालनले सञ्चालकहरुको आय आर्जनमा सहयोग पुर्याउने भएकाले सुरुवातको समयमा सानो संख्यामा शेयर सदस्य रहेका भएपनि आगामी दिनमा कोशेली घर विस्तारका लागि शेयर सदस्यहरु वढाउदै लैजाने योजना रहेको महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्बाले बताइन् ।

कोशेली घर उद्घाटन कार्यक्रममा राष्ट्यि सहकारी बैकका सञ्चालक सदस्य विश्वनाथ मण्डल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको उपस्थिति रहेको थियो ।