एमएम कपः उपाधिका लागि आर्मी र पुलिस भीड्दै

Newslaya Home

एमएम कपः उपाधिका लागि आर्मी र पुलिस भीड्दै

शुक्रबार ०३, माघ २०७६

सुनसरी । सुनसरीको इनरुवामा भई रहेको ‘दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता’को उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९९ रनको फराकिलो अन्तरले हराएको थियो । अर्को आर्मी क्लब भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै फाइनलमा पुगेको हो ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार खेलिने भएको छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र इनरुवा नगरपालिकाले विशेष सहयोग गरेका छन् । १२ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले चार लाख पाँच हजार र उपविजेताले दुई लाख पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।