झापासम्म पाइपलाइन ल्याउने तयारी सुरु

Newslaya Home

झापासम्म पाइपलाइन ल्याउने तयारी सुरु

बिहीबार ०२, माघ २०७६

काठमाडौं । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा अध्ययन गरिने भएको छ ।

नेपाल–भारत पेट्रोलियम तथा प्रकृतिक ग्याँस सम्बन्धी जोइन्ट वर्किंग ग्रुप (सहसचिव स्तरीय संयन्त्र)को पहिलो बैठकले नेपाल–भारत संयुक्त अध्ययन टोली बनाई अध्ययन गर्न सहमति भएको हो ।

बैठकमा नेपाल सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरे र भारतको तर्फबाट बी.एन. रेन्ड्डीले गरेका थिए । सहसचिव घिमिरेले संयुक्त अध्ययन टोलीले प्रतिवेदन तयार गरी नेपाल–भारत जोइन्ट वर्किङ कमिटीमा पेश गर्ने सहमति भएको बताएका छन् ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको पाँच महिनापछि दोस्रो अन्तरदेशीय पाइपलाइन बिछ्याउन दुवैपक्षबीच प्राविधिक अध्ययन टोली गठन गर्ने सहमति भएको हो ।