अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ

Newslaya Home

अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ

बिहीबार ०२, माघ २०७६

वीरगञ्ज । अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण थाना कोटवा–६ बस्ने २९ वर्षीय सचिन भाष्कर रहेका छन् ।

प्रहरीले भाष्कारलाई ५ लाख १७ हजार ४ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । झोलाभित्र भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भाष्करलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट भारतीय रुपैयाँ ५ सय दरका १ हजार ४ थान, २ सय दरका ५३ र १ सय दरका ४८ थान फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बताइएको छ ।