‘अ वन्डर गर्ल’द्वारा कपडा वितरण

Newslaya Home

‘अ वन्डर गर्ल’द्वारा कपडा वितरण

बिहीबार ०२, माघ २०७६

इटहरी । सामाजिक संजाल फेसबुक पेज ‘अ वन्डर गर्ल’ले इलामको सन्दकपुर गाउँपलिका–१ को आलुबारी गाउँ र अधिकारीबासमा कपडा वितरण गरेको छ ।

यहि पुष २६, २७ र २८ गते सन्दकपुर गाउँपलिकाको प्राबिधिक सहयोगमा कपडा वितरण सम्पन्न गरिएको उक्त पेजकी संचालिका पुष्पा चौहानले जानकारी दिइन् ।

केहि दाताहरुको आर्थिक सहयोग साथै, रोट्रेक क्लब अफ बिर्तामोड मिडटाउन, राउण्ड टेबल बिर्तामोड २७ को सहयोगबाट संकलन भएका ब्ल्यांकेट , सुइटर र लताकपडा वितरण गरिएको चौहानले बताइन् ।

गरिब र निम्न वर्गका मानिसलाई यस चिसोमा सहयोग गर्न पाउँदा आफूहरुलाई निकै आनन्द महसुस भएको उनले बताइन् ।

यहि मंसिर महिनामा छोरी मान्छेले पनि छोराले जस्तै काम गर्न सक्नुपर्छ भन्ने उदेश्यले खोलिएको उक्त फेसबुक पेजले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गरिरहने उनले बताइन् ।