मोरङबाट ५० हजार मूल्यको अवैध चिनी र सुर्ती बरामद

Newslaya Home

मोरङबाट ५० हजार मूल्यको अवैध चिनी र सुर्ती बरामद

बिहीबार ०२, माघ २०७६

काठमाडौं । प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको करिब ५० हजार मूल्य बराबरको चिनी र सुर्ती बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा मोरङको जहदा गाउँपालिका–५ स्थित दशगजा क्षेत्रबाट ५० हजार मूल्य बराबरको १० बोरा चिनी र १४ बोरा सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे १२ बजेको समयमा उक्त चिनी र सुर्ती बरामद गरेको हो ।