अनुहार बिग्रियो ? लगाउनुहोस् अम्बाको फेस प्याक

Newslaya Home

अनुहार बिग्रियो ? लगाउनुहोस् अम्बाको फेस प्याक

बिहीबार ०२, माघ २०७६

चिसो मौसममा पाइने अम्बाको स्वाद निकै मिठो हुन्छ । तर, जाडो मौसममा अम्बालाई स्वादको लागि मात्र नभएर यसलाई अनुहार सफा वा चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ । यसमा पाइने पोषक तत्वले स्वास्थलाई मात्र नभएर छालाका समस्याहरुलाई निर्मुल गर्ने गर्दछ । अम्बामा पाइने भिटामिन सी, बि र ए ले कोलेजनको उत्पादनलाई बढाउने गर्दछ । त्यसैगरी, यसमा पाइने एन्टी–अक्सीडेन्ट तत्वले छालालाई सफा राखी अनुहारको ग्लो पनि बढाउन मद्दत गर्दछ । दैनिकरुप अम्बाको फेस प्याक प्रयोग गर्दा यसले अनुहारको चमक बढाउँछ ।

कसरी बनाउने अम्बाको फेस प्याक ?

१. एउटा सानो अम्बाको सबै गुदी निकाली त्यसलाई मिक्सीमा मजाले पिस्नुहोस् ताकी त्यस अम्बाका सबै दानाहरुपनि मजाले पिसियोस । अब, पिसिएको अम्बालाई एउटा बटुकामा राखी त्यसमा एक चिया चम्चा मह र कागतीको रस मिसाई त्यसको लेप तयार गर्नुहोस् । त्यस लेपलाई अब कोमल र सफा हातले मजाले अनुहारमा मसाज गर्नुहोस् । मसाज गरिसकेपछि त्यस लेपलाई सुक्न छोडदिनुस् र पछि मनतातो पानिले आफ्नो अनुहार धुनुहोस् ।

२. यदि कसैको सुख्खा छाला वा ड्राइ स्कीन छ भने एउटा सानो अम्बालाई आधा काटेर माथि उल्लेख गरे जस्तै त्यसको लेप तयार गर्नुहोस् र त्यस लेपमा एक चिया चम्चा ओट्स, एउटा अण्डाको पहेंलो भाग, एक चिया चम्चा मह र दुइ तिन थोपा ग्लिसरीनको मिश्रण बनाई अनुहारमा कोमल तथा सफा हातले मसाज गरि त्यसलाई सुख्न छोडीदिनुहोस् । यस प्याकलाई हप्तामा दुइ चोटी आफ्नो अनुहारमा लगाउँदा अनुहारको चमक बढ्नुका साथै अनुहारको सुक्खापना पनि हटाउने गर्दछ ।

३. अम्बाले अनुहारका विभिन्न समस्याहरुबाट बचाउँदछ । यदि कसैको अनुहार एकदम डल अर्थात् चम्किलो छैन भने अम्बाको लेप प्रयोग गर्न सकिन्छ । त्यसको लागि अम्बाको गुदिलाई एउटा बटुकामा राख्नुहोस र त्यसमा आधा चिया चम्चा बेसार र आधा चिया चम्चा चन्दनको मिश्रण बनाइ अनुहारमा लगाउँदा यसले अत्यधिक लाभ हुने गर्दछ र यसको परिणाम एकै हप्तामा थाहापाउन सकिन्छ ।

४. अम्बाको लेप प्रयोग गर्दा यसले अनुहारको डण्डीफोर र अनुहारमा रहेका विभिन्न किसिमका दागहरु समेतलाई फाइदा गर्दछ । त्यसकोलागि, अम्बालाई मज्जाले उमाल्नुहोस् र यसलाई एउटा बटुकामा राखी मिच्नुहोस् । त्यसपछि, त्यो बटुकामा एक चिया चम्चा कागतीको रस र थोरै बेसर राखी त्यसको लेप तयार गर्नुहोस अन्ततः त्यस लेपलाई आफ्नो अनुहारमा कोमल तथा सफा हातले अनुहारमा मसाज गर्नुहोस् । यसो गर्दा अनुहारका डण्डीफोर र दागहरु हटेर जान्छन् । यस प्रक्रियालाई हप्तामा तिन चोटी प्रयोग गर्दा राम्रो नतिजा प्राप्त हुन्छ ।