स्याङ्जाकी एक युवतीले जन्माइन् चम्ल्याहा शिशु

Newslaya Home

स्याङ्जाकी एक युवतीले जन्माइन् चम्ल्याहा शिशु

बिहीबार ०२, माघ २०७६

कास्की । पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् ।

बिहीबार स्याङ्जाको पुतलीबजार–१ घर भएकी २६ वर्षीया सुनिता पौडेल प्रधानले ३ छोरी र १ जना छोरा गरि चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन् ।

उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी शल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डे जानकारी दिए ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाए पनि हाल ती सबै शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । यसअघि पनि काठमाडौंको सिनामंगल अस्पतालमा खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् ।