इलामबाट गोरु काटेको आरोपमा दुई जना पक्राउ

Newslaya Home

इलामबाट गोरु काटेको आरोपमा दुई जना पक्राउ

बिहीबार ०२, माघ २०७६

इलाम । इलामको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट गोरु काटेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

गाउँमा गोरु काटिरहेको गोप्य सूचनाका आधारमा रम्फोक घर भएका ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङलाई फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् । घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले जानकारी दिए ।