राकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Newslaya Home

राकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बिहीबार ०२, माघ २०७६

वीरगञ्ज । बाराको मोतसर चोकमा राकिराखेको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

उखु लोड गरिएको नम्बर खुल्न नसकेको ट्र्याक्टरको टेलरमा ना १५ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक वीरगञ्ज महानगरपालिका–२४ रामगढवा टोलका ३५ वर्षीय धिरेन्द्र गिरीको घटनास्थलमै ज्यान गएको हो ।

टेलर भएको सम्बन्धित ट्र्याक्टरको खोजी कार्य भइरहेको तथा मृतकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।