भारतमा ६.५ किलोमिटर लामो केक बन्यो, नयाँ विश्व रेकर्ड कायम

Newslaya Home

भारतमा ६.५ किलोमिटर लामो केक बन्यो, नयाँ विश्व रेकर्ड कायम

बिहीबार ०२, माघ २०७६

एजेन्सी । भारतको केरलामा विश्वकै सबैभन्दा लामो केक बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ ।

बुधबार १५ सय जना वेकर र सेफ हरु मिलेर ४ घण्टाको समय लगाएर ६.५ किलोमिटर लामो केक बनाइएको हो ।

वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएर हज्जारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको उक्त केकमा करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग गरिएको बताइएको छ ।

वैकर्स एसोसिएसन केरलाले बनाएको उक्त केक गिनीज वर्ल्ड रेकर्डस्ले नाप्दा करिब ६५०० मिटर लामो लम्बाई भएपनि आधिकारिक रुपमा प्रमाणित गर्न बाँकी रहेको एसोसिएसनका सचिव नौसादले जानकारी दिए ।

विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको बताउँदै नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने बताए ।

यसअघि सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए । तर चिनको फ्रुट केकको रेकर्ड पनि तोडिएको छ ।